images
images

हरिचौर–मल्म–पाण्डवखानी सडक धमाधम स्तरोन्नति हुँदै


  • 367
    SHARES
  • २०८२ बैशाख २५ गते बिहीबार

    हरिचौर–मल्म–पाण्डवखानी सडक धमाधम स्तरोन्नति हुँदै

    ढोरपाटन(बागलुङ) । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक योजना’अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडकको स्तरोन्नति प्रारम्भ भएको छ । 

    चालु आर्थिक वर्षमा आठ किलोमिटर स्तरोन्नति गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सङ्घीय सरकारबाट प्राप्त रु ४० करोडको लागतमा स्तरोन्नति थालिएको हो । 

     हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको उक्त कार्यालयका इञ्जिनियर सागर भण्डारीले राससलाई बताए । आठ किलोमिटरमध्ये चार किलोमिटर कालोपत्रका लागि तयार भएको छ । बाँकी भागमा सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण, टोव पर्खाल लगाउनेलगायत काम  जारी छ ।

    गलकोटकोे हरिचौरदेखि सुरु भएको सडक मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीखोला हुँदै प्युठान जोडिन्छ । यो सडक ४० किलोमिटर लामो छ । सडकको सुरु विन्दुबाट काम थालिएको हो । 


    images

    Logo