काठमाडौं । दही चिउरा खाने दिन असार १५ आइतवार झन्डै ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार राष्ट्रिय धान दिवस, रोपाइँ महोत्सव तथा दही चिउरा खाने दिन असार १५ गते झन्डै १ अर्ब ४० करोड रुपैयाँ बराबरकाे दही कारोबार हुने अनुमान छ ।
एसोसिएशनका अनुसार पर्सि दहीको माग उच्च हुन्छ । नेपाल डेरी एसोसिएशनले आज काठमाडाैंमा ‘दही चिउरा खाने विशेष कार्यक्रम–२०८२’ गरी दहीको खपत र महत्त्वबारे जानकारीसमेत गराएको छ ।