काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आज छापावाल सुन तोलाको १९ सयले बढेर तोलाको एक लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
सोमबार प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला १९ सयले बढेर तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी तोलाको ३५ रुपैयाँले बढेर २२८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २२५५ मा कारोबार भएको थियो ।