images
images

बढ्यो पेट्रोलको मूल्य, अब कति पर्छ ?


  • 261
    SHARES
  • २०८२ श्रावण ३१ गते शनिबार

    बढ्यो पेट्रोलको मूल्य, अब कति पर्छ ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर रु दुईले वृद्धि भएको छ । यसअघि प्रतिलिटर रु १५९ मा बिक्री हुँदै आएको पेट्रोल अब भने प्रतिलिटर रु १६१ कायम गरिएको छ ।

    नयाँ खरिद मूल्यअनुसार पेट्रोलका प्रतिलिटर दुई रुपैयाँ ३३पैसा बढेर आएको छ भने डिजलको मूल्य प्रतिलिटर एक रपैयाँ २७ पैसा घटेर आएको छ ।

    मध्यरात १२ः०० बजेदेखि लागू हुने गरी निगमले तय गरेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६१ र डिजल एवम् मट्टीलेत प्रतिलिटर एक सय ४९ तोकिएको छ ।


    images

    Logo