images
images

आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?


  • 294
    SHARES
  • २०८२ भाद्र २ गते सोमबार

    आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुदैछ आजको कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख ९६ हजार ३ सयमा कारोबार भइरहेको छ ।

    यसअघि आइतबार सुन तोलाको एक लाख ९५ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

    महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २३१० मा कारोबार भएको थियो ।


    images

    Logo