images
images

सुनको मूल्य तोलामा २ लाख १२ हजार पुग्यो


  • 297
    SHARES
  • २०८२ भाद्र २२ गते आइतबार

    सुनको मूल्य तोलामा २ लाख १२ हजार पुग्यो

    काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

     

    शुक्रबार दुई लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको सुन आज एक हजार ६ सय बढेर प्रतितोला दुई लाख १२ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य अहिलेसम्मकै उच्च हो ।

    त्यस्तै आज चाँदी १० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    images

    Logo