images
images

सीमा नाका बन्द हुँदा ठप्प भयो अन्तर्राष्ट्रिय व्यापार


  • 298
    SHARES
  • २०८२ भाद्र २६ गते बिहीबार

    सीमा नाका बन्द हुँदा ठप्प भयो अन्तर्राष्ट्रिय व्यापार

    परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द छन् । यसले अन्तर्राष्ट्रिय व्यापार (आयात-निर्यात) ठप्प भएको छ ।

    भन्सार विभागका अनुसार अहिले भारत र चीन दुवैतर्फ जाँच पास ठप्प छ । मुलुकभित्र अहिले सार्वजनिक तथा मालवाहक सवारीसाधन आवागमन बन्द छ ।

    अर्कातर्फ, भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत जाने यात्रुलाई अधिकांश स्थानमा रोक लगाएको छ । जसले गर्दा अत्यावश्यक वस्तु आपूर्ति समेत प्रभावित बन्न पुगेको छ ।

    नजिकिएको चाडबाडका लागि समेत आवश्यक सामग्री अभाव हुने देखिएको छ । चीनतर्फका नाकामध्ये रसुवागढी नाकामा मितेरी पुल नै निर्माण भएको छैन । उक्त नाका जोड्ने सडक समेत अझै सुचारु भइसकेको छैन । तातोपानी नाकामा समेत सडक सहज छैन । भारततर्फको व्यापारका लागि यातायात खुलेको छैन ।

    उता, राष्ट्रिय यातायात व्यवसायी महासंघले सुरक्षा प्रत्याभूति नभएसम्म सबै प्रकारका मालवाहक र सार्वजनिक यातायात चलाउन असमर्थ रहेको यसअघि नै बताइसकेको छ ।

    भदौ अन्तर्राष्ट्रिय व्यापार बढी हुने महिना हो । दशैं र तिहारका लागि लक्षित गरी बढी सामान यसै महिना आउने गर्छन् ।


    images

    Logo