images
images

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 213
    SHARES
  • २०८२ भाद्र ३० गते सोमबार

    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुन तोलामा दुई लाख १५ हजार एक सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर दुई हजार ५७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।


    images

    Logo