चितवन। गएरातिको पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध भएको सडक बिहान ८ः३० बजेबाट सञ्चालनमा आएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, सडकमा खसेको पहिरो हटाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको हो । गएराति ९ बजे पहिरो जाँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको थियो । पहिरो गएको स्थानमा ढुंगा खस्ने क्रम नरोकिएकोले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।