images
images

१५ सय डलर भन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न अर्थ मन्त्रालयको आग्रह


  • 465
    SHARES
  • २०८२ आश्विन १६ गते बिहीबार

    १५ सय डलर भन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न अर्थ मन्त्रालयको आग्रह

    काठमाडौं । अर्थ मन्त्रालयले विदेशी मुद्रा नगदमा अमेरिकी डलर १५०० भन्दा बढी नबोक्न सर्वसाधारणलाई अनुरोध गरेको छ । मन्त्रालयले आफ्नो आधिकारिक 'एक्स' खाताबाट जनाएको छ कि विदेश भ्रमणपछि बचत वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा नगदमा अधिकतम अमेरिकी डलर १५०० वा सो बराबरको मात्र राख्न पाउने व्यवस्था लागू हुनेछन्।

    मन्त्रालयले थप जनाएको छ कि नेपाल प्रवेश गर्दा नगद अमेरिकी डलर ५००० वा सोभन्दा कम रकम भन्सारमा घोषणा नगरिकन ल्याउन पाइनेछ, तर त्योभन्दा बढी भएमा अनिवार्य रूपमा भन्सारमा घोषणा गर्नुपर्नेछ।

    रामेश्वर खनाल अर्थमन्त्री भएपछि मन्त्रालयले वित्तीय अनुशासन र अनावश्यक खर्च कटौतीमा कडा कदम चालिरहेको छ भनी उल्लेख गरिएको छ। स्रोत खुलेको रकम नगदमै राखेर सुरक्षित गर्न र प्रयोग गर्न कुनै रोकावट नरहने बताइए पनि, स्रोत खुलेको नभएको रकमबारे सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुन सक्ने चेतावनी दिइएको छ।

    अर्कोतर्फ, प्रचलित कानुन अनुसार तोकिएको सीमाभन्दा बढी रकमको कारोबार बैंकिङ प्रणालीमार्फतै गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ।


    images

    Logo