images
images

तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य


  • 271
    SHARES
  • २०८२ कार्तिक १९ गते बुधबार

    तोलामा १ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार सुनको मूल्य दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २५ रुपैयाँले घटेर तोलामा दुई हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तीन हजार १५ रुपैयाँ कारोबार भएको थियो ।


    images

    Logo