images
images

सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढ्यो


  • 386
    SHARES
  • २०८२ मंसिर १ गते सोमबार

    सुनको मूल्य तोलाको ५ सय रुपैयाँले बढ्यो

    काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  


    आइतबार भने एक तोला सुनको कारोबार २ लाख ४२ हजार ८ सयमा भएको थियो ।  

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेको छ । यससँगै चाँदीको कारोबार प्रतितोला ३ हजार १५५ रुपैयाँमा भइरहेको छ ।


    images

    Logo