images
images

२८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


  • 185
    SHARES
  • २०८२ मंसिर ३ गते बुधबार

    २८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     मंगलबार सुन तोलामा दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले  बढेर प्रतितोला तीन हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा तीन हजार ९०  रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo