काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको हो ।
यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । शुक्रबारको तुलनामा आज सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले घटेको छ । चाँदी आइतबार तीन हजार ८ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।