images
images

१० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने सीएनआईको लक्ष्य


  • 195
    SHARES
  • २०८२ फाल्गुण २ गते शनिबार

    १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने सीएनआईको लक्ष्य

    काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले औद्योगिक विस्तार र कानूनी सुधारको माध्यमबाट आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य घोषणा गरेको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे ले हाल करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई उच्च वृद्धिदरमा लैजान औद्योगिक उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन तथा कानूनी अवरोध हटाउनु अनिवार्य रहेको बताए।

    ‘स्वदेशी नेपालः मिट एण्ड ग्रेट–२०२६’ कार्यक्रममा बोल्दै उनले लक्ष्य प्राप्तिका लागि परिसंघले विस्तृत अध्ययन गरिरहेको जानकारी दिए। औद्योगिक विकास र रोजगारी सिर्जनाका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको उल्लेख गर्दै उनले अर्थतन्त्रमा बाधा पुर्‍याइरहेका कानून संशोधनको प्रक्रिया सुस्त रहेकोमा असन्तुष्टि जनाए। परिसंघले खारेज र संशोधन गर्नुपर्ने कानूनबारे दफासहितका सुझाव सरकारलाई बुझाइसकेको पनि उनले बताए।

    अध्यक्ष पाण्डेले संयुक्त राष्ट्र संघ पुँजी विकास कोष सँगको सहकार्यमार्फत ‘एगोरा’ प्लेटफर्ममा आबद्ध भएको उल्लेख गर्दै यसबाट नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार पहुँच बढ्ने विश्वास व्यक्त गरे। स्वदेशी उद्योग प्रवर्द्धनका लागि ‘स्वदेशी’ कलेक्टिभ ट्रेडमार्कको प्रयोगमा जोड दिँदै सरकार, सार्वजनिक संस्था, नेपाली सेना तथा नेपाल प्रहरी जस्ता निकायले स्वदेशी वस्तु तथा सेवाको प्रयोगलाई प्राथमिकता दिए औद्योगिक उत्पादनमा उल्लेखनीय टेवा पुग्ने धारणा उनले राखे।


    images

    Logo