images
images

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 139
    SHARES
  • २०८२ फाल्गुण २९ गते शुक्रबार

    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर तीन लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबार सुन तोलामा तीन लाख १७ हजार रुपैयाँमा कायम भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर पाँच हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बिहीबार चाँदी तोलामा पाँच हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो  । 


    images

    Logo