images
images

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 155
    SHARES
  • २०८२ चैत्र १९ गते बिहीबार

    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार ६ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार सुन तोलाको दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । 


    images

    Logo