काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
एक मन्त्री मन्त्रीका अनुसार पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय भएको हो । यो निर्णय राजपत्रमा प्रकाशित गर्ने निर्णयसमेत भएको बताइएको छ ।
पेट्रोलमा भन्सार २५ रुपैया २३ पैसा लाग्दै आएको छ । त्यसैगरी डिजलमा कति लाग्छ कर भन्सार १२ रुपैया ३ पैसा लाग्ने गर्छ ।
त्यस्तै एक सिलिण्डर ग्याँसमा भन्सार ९० रुपैयाँ ८१ पैसा फाग्छ । पुर्वाधार कर भने पेट्रोल, डिजल र मट्टीतेलमा प्रति लिटर १० रूपैयाँ लिने गरिएको छ ।