images
images

लागूऔषधसहित दुई जना पक्राउ


  • 127
    SHARES
  • २०८२ चैत्र २७ गते शुक्रबार

    लागूऔषधसहित दुई जना पक्राउ

    काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुली र उदयपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१० सिर्जनानगरबाट छ किलोग्राम गाँजासहित उदयपुरको कटारी नगरपालिका–८ आहालेका ३७ वर्षीय टेकबहादुर मगरलाई पक्राउ गरिएको हो । 

    यसैगरी, सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल पाँच हजार ट्याब्लेटसहित सोही गाउँपालिका–६ का २१ वर्षीय अबजल अन्सारीलाई पक्राउ गरिएको छ ।

     उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएर कानुनी कारबाही प्रारम्भ गरिएको छ । 


    images

    Logo