images
images

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


  • 175
    SHARES
  • २०८३ बैशाख ११ गते शुक्रबार

    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार सुन तोलामा दुई लाख ९८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा पाँच हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

     


    images

    Logo