images
images

बारामा अनुसन्धानका लागि पालेका पक्षीमा बर्डफ्लू, करिब ५० लाखको क्षति


  • 194
    SHARES
  • २०८३ बैशाख २६ गते शनिबार

    बारामा अनुसन्धानका लागि पालेका पक्षीमा बर्डफ्लू, करिब ५० लाखको क्षति

    काठमाडाैं । बारामा रहेको राष्ट्रिय पक्षी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पक्षीमा बर्डफ्लू संक्रमण देखिएपछि करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    परवानीपुरस्थित उक्त अनुसन्धान केन्द्रमा गएको चैत अन्तिम साता बर्डफ्लू देखिएको हो । संक्रमण फैलिन नदिन त्यहाँ रहेका विभिन्न पक्षी तथा तिनको आहारसमेत नष्ट गर्नुपरेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिएका छन् ।

    उनका अनुसार प्रारम्भमा टर्कीमा बर्डफ्लू देखिएको थियो, जसपछि अन्य प्रजातिका पक्षीमा पनि संक्रमण फैलिएको पुष्टि भएको हो । नियन्त्रण तथा रोकथामका क्रममा करिब २ हजार कुखुराका चल्ला, १,२०० जति गिरीराज कुखुरा, ३३ वटा तित्रा, ४७ वटा सेतो र कालो टर्की तथा करिब ४५० बट्टाई नष्ट गरिएको छ ।

    साथै, फार्ममा राखिएको पक्षीहरूको दाना पनि नष्ट गरिएको छ । हाल फार्म क्षेत्रमा चुना छर्किने, मल पुर्ने तथा आगोको ताप प्रयोग गर्ने लगायतका निर्मलीकरण कार्य भइरहेको कार्यालयले जनाएको छ ।


    images

    Logo