images
images

४ हजार ५ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार रु


  • 181
    SHARES
  • २०८३ जेठ ३ गते आइतबार

    ४ हजार ५ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार रु

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।

    सुन तोलामा चार हजार पाँच सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सयमा कारोबार भएको थियो।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा तीन सय ३० रुपैयाँले घटेर आज प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी पाँच हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको थियो।


    images

    Logo