images
images

भक्तपुरको सूर्यविनायक देशकै उत्कृष्ट २० तथा उपत्यकाको दोश्रो स्थानीय तह बन्न सफल


  • 275
    SHARES
  • २०८३ जेठ ११ गते सोमबार

    भक्तपुरको सूर्यविनायक देशकै उत्कृष्ट २० तथा उपत्यकाको दोश्रो स्थानीय तह बन्न सफल

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका देशकै उत्कृष्ट २० स्थानीय तहमध्ये पर्न सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को सो प्रतिवेदन’मा भक्तपुरको सूर्यविनायक नगरपालिका मुलुकभरमै १९ औं नम्वरमा पर्न सफल भएको हो।

    यसअघि मन्त्रालयले  ‘स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन’ र ‘वित्तीय सुशासन जोखिम मूल्याङ्कन’ छुट्टाछुट्टै गर्दै आएको थियो । मन्त्रालयले पहिलोपटक दुवै प्रणालीलाई समायोजन गरी एकीकृत कार्यसम्पादन मूल्याङ्कन प्रणालीमार्फत नतिजा सार्वजनिक गरेको हो। 

    प्रतिवेदनअनुसार सूर्यविनायक नगरपालिकाले ८८ अंक प्राप्त गरेको छ। धादिङको नीलकण्ठ नगरपालिकाले ९४.४० अंकसहित देशकै प्रथम स्थान हासिल गर्दा चितवनको खैरहनी नगरपालिका ९२.७५ अंकसहित दोस्रो तथा धादिङकै बेनिघाट रोराङ गाउँपालिका ९१.७५ अंकसहित तेस्रो स्थानमा रहेका छन्।

    काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये ललितपुर महानगरपालिकाले करिब ८८.२५ अंक प्राप्त गर्दै १५औँ स्थान हासिल गरेको छ भने सूर्यविनायक नगरपालिका ८८ अंकसहित उपत्यकामा दोस्रो स्थानमा पर्न सफल भएको छ। यस सूचीमा उपत्यकाबाट यी दुई स्थानीय तह मात्रै शीर्ष २० भित्र पर्न सफल भएका छन्।

    भक्तपुर जिल्लाबाट सूर्यविनायक नगरपालिका उत्कृष्ट सूचीमा समावेश हुनु नगरको प्रशासनिक क्षमता, सेवा प्रवाह तथा सुशासन सुधारको संकेतका रूपमा हेरिएको छ। नगरपालिकाले प्रशासनिक संयन्त्रलाई व्यवस्थित बनाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको, विकास निर्माणलाई गति दिएको तथा नागरिकमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताइएको छ।

    मन्त्रालयले कार्यसम्पादनका आधारमा स्थानीय तहलाई आगामी दिनमा अनुदान, प्रोत्साहन तथा सहयोग प्रणालीसँग जोड्नुपर्ने सुझावसमेत प्रतिवेदनमार्फत दिएको छ। 

    surya suchi.jfif
    undefined




    images

    Logo