काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उच्च दरमा बढेको छ । सुनको मूल्य आइतबार तोलामा २० हजार ५०० रुपैयाँले बढेर तोलाको तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएकाे छ ।
शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि आज तोलामा ३०५ रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।