images
images

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


  • 148
    SHARES
  • २०८३ आषाढ २८ गते आइतबार

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रवारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४७५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


    images

    Logo