images
images

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा


  • 88
    SHARES
  • २०८३ श्रावण ३ गते आइतबार

    औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा
    काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् ।
     
    विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिए । देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्यागको ८८ करोड बक्यौता थियो । 
     
    दश उद्योगको लाइन काटियो
     
    सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका १० उद्योगको विजुलीको लाइन काटिएको छ । कन्टिनेन्टल ग्रुपका दुई उद्योगको रु चार करोड बक्यौता छ ।  


    images

    Logo