images
images

सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक


  • 129
    SHARES
  • २०८३ श्रावण १६ गते शनिबार

    सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

    काठमाडौं । सुनसरी जिल्लामा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार बिहान ८ः३० बजेदेखि साँझ ५ बजेसम्मका लागि कर्फ्यु हटाएको जनाएको हो ।

    प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार कर्फ्यु हटाइए पनि जिल्लाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जारी गरिएको निषेध आदेशअनुसार तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी मानिस भेला हुन वा जम्मा हुन पाइने छैन ।

    निषेधाज्ञा इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, साथै इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा लागू गरिएको प्रशासनले जनाएको छ ।

    यसअघि गत साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको थियो । प्रशासनले हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु हटाए पनि शान्ति–सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

    759231654_1833109377658391_3308870819713971484_n


    images

    Logo