images
images

बेलिब्रिज निर्माणसँगै यातायात सञ्जालमा जोडयो नार्पाभूमि गाउँपालिका


  • 65
    SHARES
  • २०८३ श्रावण १८ गते सोमबार

    बेलिब्रिज निर्माणसँगै यातायात सञ्जालमा जोडयो नार्पाभूमि गाउँपालिका

    मनाङ । मनाङको मर्स्याङ्दी नदीमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज सञ्चालनमा आएपछि नार्पाभूमि गाउँपालिकाका बासिन्दाको आवागमन, सेवा प्रवाह तथा अत्यावश्यक वस्तुको ढुवानीमा सहज भएको छ । 

    बेलिब्रिज निर्माण सम्पन्न भएपछि गाउँपालिका पूर्ण रूपमा सडक सञ्जालमा जोडिएको छ । ५४।५ मिटर लम्वाई रहेको बेलिब्रिजको चौडाई चार मिटर रहेको छ । ‘मर्स्याङ्दी(नारफू’ बेलिब्रिजको सोमबार एक समारोहबीच उद्घाटन गरिएको छ । 

    पुलले चामे गाउँपालिका(५ कोतो र नार्पाभूमि गाउँपालिका–२ लाई जोडेको छ । पुल निर्माणले सबैभन्दा बढी फाइदा नार्पाभूमि गाउँपालिकाका बासिन्दालाई पुगेको छ । त्यसैगरी, पर्यटक तथा सरकारी कर्मचारीलाई पनि बेलिब्रिजले सहज बनाएको छ । 

    बेलिब्रिज उद्घाटन गर्दै नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाले सडक पहुँच विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार तथा सरकारी सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने बताए । लामाले सडक निर्माणको कामलाई पनि तीव्रता दिने जानकारी वचन दिए । नार्पाभूमि गाउँपालिका र नारखोला हाइड्रो इनर्जी प्रालिको साझेदारीमा निर्माण भएको पुल सम्झौता भएको सात महिनामै सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । 

    760619599_1587308456237981_3888866453748990359_n.jpg
    undefined

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशील लम्सालले पुल सञ्चालनमा आएपछि नार्पाभूमिलाई सडक सञ्जालसँग जोड्ने प्रक्रिया अगाडि बढेको बताए । लम्सालका अनुसार चालु आर्थिक वर्षभित्र नार खोलामाथिको पुल निर्माण सम्पन्न गर्ने लक्ष्य पालिकाले लिएको छ ।


    images

    Logo