images
images

नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना


  • 118
    SHARES
  • २०८३ मंसिर ८ गते मंगलबार

    नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना
    नुवाकोट । भोटेकोसी बाढीका क्रममा पुगेका भौतिक संरचना क्षतिको पुनर्निर्माणसहित पूर्वाधार विकासका योजना कार्यान्वयन गर्न नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । नुवाकोटसहित रसुवा र धादिङलाई सेवा दिने उदेश्यले विदुरमा कार्यालय सञ्चालनमा ल्याएको हो । 
     
    डिभिजन प्रमुख (सिनियर डिभिजनल इञ्जिनियर) सचिन्द्रकुमार यादवका अनुसार बाढीले क्षति पुगेका सडक सञ्जाल, पक्की र झोलुङ्गे पुलको पुनर्निर्माण एवं नवनिर्माणसहितका काम डिभिजनले गर्नेछ ।
     
    राष्ट्रिय प्राथमिकता प्राप्त सडक सञ्जालको विकास र स्तरउोन्नति, पक्की र झोलुङ्गे पुल, स्थानीय तहको केन्द्र, सेवा केन्द्र तथा महत्वपूर्ण बस्ती जोड्ने सडक, रणनीतिक कृषि सडक, वैकल्पिक सहायक राजमार्ग, पर्यटकीय पदमार्ग निर्माणको योजनाको तर्जुमा गरेर आवश्यक बजेट सुनिश्चित गराई कार्यालय सञ्चालनमा आएको यादवले बताए । डिभिजनलाई बाढीले क्षति पु¥याएका १५ वटा ग्रामीण सडकको पुर्ननिर्माणसहित ५० वटा योजना कार्यान्वयन गर्न अख्तियारी प्राप्त भएको छ ।
     
    डिभिजन कार्यालय सञ्चालनमा आएसँगै बाढी प्रभावित तीन जिल्लामा १२ वटा वैकल्पिक सहायक राजमार्ग, चार वटा सडक पुल, एक वटा झोलुङ्गे पुल, स्थानीय तहको केन्द्र पुग्नका लागि ११ वटा सडक विस्तार एवं स्तरोन्नतिलगायत कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । यस्तै, सडक सुरक्षा र मर्मतसम्भार र सडक पूर्वाधार विकासका लागि यहाँको आवश्यकताअनुसार तत्कालै सात वटा योजना कार्यान्वयमा ल्याउन लागिएको डिभिजन प्रमुख यादवले जानकारी दिए ।  

     




    images
    images

    Logo