images
images

आईपीएल खेल्न १० नेपाली खेलाडीले गरे नाम दर्ता


  • 150
    SHARES
  • २०८३ मंसिर ९ गते बुधबार

    आईपीएल खेल्न १०  नेपाली खेलाडीले गरे  नाम दर्ता

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि १० नेपाली खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार सार्वजनिक गरेको अक्सन शुचि अनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

    अक्सनका लागि १८ देशका कुल एक हजार २२० खेलाडीले नाम दर्ता गराएका छन् । जसमा ९३९ भारतीय तथा २८१ विदेशी खेलाडी छन् । भारतपछि सबैभन्दा बढी अस्ट्रेलियाबाट ५३ खेलाडी अक्सनका दार्ता भएका छन् ।

    यस्तै, एसोसिएट राष्ट्रका ४२ खेलाडीले नाम दर्ता  गराएका छन् । जसमा अमेरिकाका १३, नेपाल र यूएईका १०–१०, नेदरल्यान्ड्सबाट तीन तथा क्यानडा, जापान र स्कटल्यान्डका दुई–दुई खेलाडी छन् ।

    अक्सनअघि नै फ्रेन्चाइज टोलीले १८४ खेलाडी रिटेन तथा छनोट गरिसकेका छन् । अक्सनबाट ६६ खेलाडी अनुबन्ध गरिने बताइएको छ । तीमध्ये २५ विदेशी खेलाडीको कोटा छ ।  अक्सनको अन्तिम सूचीमा पर्ने खेलाडीको टुंगो डिसेम्बर ४ मा लाग्ने जनाइएको छ ।




    images
    images

    Logo