images
images

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव


  • 83
    SHARES
  • २०८३ मंसिर ९ गते बुधबार

    नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

    काठमाडौं । नागरिक लगानी कोषको पुँजी वृद्धि गरीने भएको छ । काेषकाे पुँजी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको हाे । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा यस्तो प्रस्ताव गरिएको हाे ।

    नयाँ प्रस्तावमा ८ अर्ब रुपैयाँ पुँजीलाई १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । सेयर कित्ता ८ करोडबाट १० करोड पुर्‍याउने र चुक्ता पुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिए । बदलिँदो आर्थिक परिवेशअनुसार नागरिक लगानी कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन पुँजी बृद्वी गर्नुपर्ने मन्त्री वाग्लेको भनाइ थियाे ।

    मन्त्री वाग्लेले भने, कोषले निजी इक्विटी (प्राइभेट इक्विटी), भेन्चर क्यापिटललगायतका क्षेत्रमा समेत लगानी गनसक्ने गरी कानुनी व्यवस्था अद्यावधिक गर्न खोजिएको छ । काेषले अव पूर्वाधार, उत्पादनमूलक क्षेत्र एवं आवास क्षेत्रमा पनि लगानी विस्तार गर्नुपर्नेमा मन्त्री वाग्लेको जाेड थियाे ।

    हाउजिङ सेक्टर पनि ठूलो क्षेत्र हो । मध्यम वर्गको विस्तारका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधुनिक सेवा र आवासजस्ता विषयमा पनि ध्यान दिन वाग्लेले आग्रह गरे ।




    images
    images

    Logo