images
images

प्रहरीका ६० जना एसपीको सरुवा, को कहाँ पुगे ?


  • 86
    SHARES
  • २०८३ मंसिर ९ गते बुधबार

    प्रहरीका ६० जना एसपीको सरुवा, को कहाँ पुगे ?

    काठमाडौँ । नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरिक्षक डा. मनोज केसीले मंगलबार एसपीहरुको सरुवा गरेका हुन् । समयमा सरुवा हुन नसक्दा एक वर्षमा सरुवा हुनुपर्नेहरु १४ महिनासम्म एकै ठाउँमा बस्न बाध्य थिए । 

    सरुवा सूची अनुसार भक्तपुर, मोरङ, उदयपुर, बारा, तनहुँ, बाँके, सिन्धुपाल्चोक, पूर्वी नवलपरासी, पर्सा, सुनसरी, बर्दिया, धादिङ, कास्की, कैलाली, पाल्पा, सप्तरी र दाङ लगायतका जिल्लामा इन्चार्ज फेरिएका छन् । नयाँ सरुवा अनुसार भक्तपुरको एसपीमा रुकेश तण्डुकार सरुवा भएका छन् । १४ महिनादेखि भक्तपुरमा रहेका सुर्यबहादुर खड्काको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा भएको छ । 

    त्यसैगरी, बारामा कुमार विक्रम थापालाई पठाइएको छ । मोरङमा दिलीप कुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेश राज सुवेदी, बाँकेमा नवराज मल्ल र सिन्धुपाल्चोकमा निरन्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी खटिएका छन् । पर्सा र सुनसरीमा यसअघि काज सरुवा भएका पवन कुमार भट्टराई र पुष्पराज मल्लको  दरबन्दी कायम भएको छ ।

    बर्दियामा बाल नरसिंह राणालाई पठाइएको छ । धादिङमा भरत लामा, कास्कीमा मोहन बहादुर खाण र कैलालीमा यादव ढकालको सरुवा भएएको छ । पाल्पामा रबिन श्रेष्ठ र सप्तरीमा रूपक खड्कालाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यसैगरी दाङमा श्यामु अर्याललाई पठाइएको छ ।




    images
    images

    Logo