images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर


  • 210
    SHARES
  • २०८३ मंसिर ८ गते मंगलबार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । 

    प्यूठानको सरूमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी रूम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालय सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलमा सव–इन्जिनियर पद (करार) मा जागिर खाएको भन्दै आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको हो । 

    आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार करारका कर्मचारी मगरले डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा लिएको देखिएकाले आरोपपत्र दायर गरिएको हो । 

    करार कर्मचारी मगरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।


    images
    images

    Logo