images
images

डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा


  • 145
    SHARES
  • २०८३ मंसिर ८ गते मंगलबार

    डिसेम्बर १६ मा स्वदेश फर्किने शेख हसिनाको घोषणा

    काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेकी छन् । भारतमा निर्वासनमा रहँदै आएकी हसिनाले बङ्गलादेशको विजय दिवसकै दिन स्वदेश फर्किने बताएकी हुन् ।

    सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि बङ्गलादेश स्वतन्त्र भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १६ मा विजय दिवस मनाइन्छ ।

    समाचार संस्था एएफपीका अनुसार हसिनाले आफ्नो स्वदेश फिर्तीका लागि राष्ट्रिय वायुसेवामार्फत आवश्यक प्रबन्ध मिलाइदिन वर्तमान प्रधानमन्त्री तारिक रहमानलाई आग्रह गरेकी छिन् ।

    हसिनाले विजय दिवसको दिनलाई स्वदेश फर्कने मितिका रूपमा रोज्नुलाई राजनीतिक सन्देशका रूपमा हेरिएको छ। तर, उनको स्वदेश फिर्ती सहज हुने देखिँदैन ।

    सन् २०२४ मा विद्यार्थी आन्दोलन चर्किएपछि सत्ताच्युत भएकी हसिना त्यसयता भारतमा निर्वासनमा रहँदै आएकी छिन् । आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमनमा जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले उनलाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाएको थियो ।

    संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार उक्त घटनामा झन्डै १ हजार ४०० जनाको मृत्यु भएको थियो । हसिनाले भने आफूमाथिका आरोप अस्वीकार गर्दै अदालतको फैसलाको वैधतामाथि प्रश्न उठाउँदै आएकी छिन् ।

    हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो। त्यसपछि गत फेब्रुअरीमा सम्पन्न निर्वाचनबाट खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बनेका हुन् ।

    लामो समय बङ्गलादेशको नेतृत्व गरेकी हसिनाको स्वदेश फिर्ती घोषणाले त्यहाँको राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्ने देखिएको छ।


    images
    images

    Logo