images
images

दशौँ राष्ट्रिय खेलकुदका केही खेल आजदेखि कर्णाली प्रदेशमा सुरु हुँदै


  • 151
    SHARES
  • २०८३ मंसिर ८ गते मंगलबार

    दशौँ राष्ट्रिय खेलकुदका केही खेल आजदेखि कर्णाली प्रदेशमा सुरु हुँदै

    सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल आजदेखि कर्णाली प्रदेशमा सुरु हुँदै छन् । कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको खेलकुदको महाकुम्भका रूपमा लिइने राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका खेलबाट प्रतिस्पर्धा आजबाट सुरु हुन लागेका हुन्।

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाकी प्रचार संयोजक मोनालिसा खुम्बुका अनुसार आज दिउँसो १ बजे वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा पुरुष फुटबल प्रतियोगिताको खेल सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र आयोजक कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

    राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी तथा सहभागी टोलीको आवास व्यवस्थापनलगायत चुनौतीलाई मध्यनजर गर्दै केही खेल निर्धारित मितिभन्दा अगाडि नै संचालन गर्ने निर्णय गरिएको खुम्बुको भनाई छ । प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते हुनेछ ।

     मंसिर २७ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न खेल विधामा ११ टिमका करिव ११ हजार खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । यसअघि सोमबार कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई औपचारिक रूपमा स्वागत गरिसकेको छ । बाजागाजा, खेलाडी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा सुर्खेतमा बृहत् र्‍याली निकालेर प्रतियोगिताको स्वागत गरिएको थियो ।
     




    images
    images

    Logo