images
images

कस्तो हुनेछ आजको मौसम, कहाँ कहाँ छ हुस्सुको सम्भावना ?


  • 129
    SHARES
  • २०८३ मंसिर ८ गते मंगलबार

    कस्तो हुनेछ आजको मौसम, कहाँ कहाँ छ हुस्सुको सम्भावना ?

    काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम सफा रहनेछ । राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको विभागले जानकारी दिएको छ । 
     




    images
    images

    Logo