images
images

राष्ट्र बैंकको १० दिने सर्वेक्षणः उद्योग व्यवसायमा सुधार, ५ महिनामा तलब खर्च भने १८ प्रतिशतले वृद्धि

  • 512
    SHARES
  • २०७८ जेठ ५ गते बुधबार

    राष्ट्र बैंकको १० दिने सर्वेक्षणः उद्योग व्यवसायमा सुधार, ५ महिनामा तलब खर्च भने १८ प्रतिशतले वृद्धि

    २०७७ असारको तुलनामा उद्योग/उद्योग व्यवसायहरूको उत्पादन अवस्थामा पनि सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा करिब २९ प्रतिशतमात्र उत्पादन/कारोबार रहेकोमा वैशाखमा सो बढेर ६१.४ प्रतिशत पुगेको छ । वैशाखमा सर्वेक्षणमा समेटिएका सबै उत्पादन/कारोबारमा उल्लेख्य सुधार आएको छ । यो अवधिमा होटल तथा रेष्टुराँको उत्पादन तथा कारोबार भने ४०.८ प्रतिशतमात्रै रहेको छ । गत मंसिरसम्म यस्तो उत्पादन तथा कारोबार ५०.५ प्रतिशत थियो । 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा हुनभन्दा एक दिन अगाडिसम्म गरेको १० दिने सर्वेक्षणले ८१.२ प्रतिशत उद्योगधन्दा सञ्चालनमा रहेको रिपोर्ट सार्वजनिक गरेको छ ।बैंकले २०७८वैशाख ५ गतेदेखि १४ गतेसम्म उद्योगी तथा व्यवसायीहरूको राय लिँदै गरेको सर्वेक्षणले यस्तो अवस्था देखाएको हो । गत मंसिरसम्म ५४ प्रतिशत उद्योग व्यवसायहरू सञ्चालनमा रहेका थिए । 

    वैशाखका उद्योग व्यवसायमा सुधार आएपनि कोभिडको प्रवाह बढ्दै गएपछि गरिएको निषेधाज्ञाले अर्थतन्त्रमा असर पुनः असर पर्न सक्ने सर्वेक्षणमा उल्लेख गरिएको छ। 

    २०७७ मंसिरका तुलनामा २०७८ वैशाखमा उद्योग/व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ । गत असारमा ४.१ प्रतिशत उदोगमात्रे सञ्चालनमा रहेको थियो । सो अवस्थाको भन्दा २०७८ वैशाखमा उद्योग÷व्यवसायहरूको उत्पादन एवम् कारोबार तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ ।

    हालसम्म सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी÷व्यवसायीहरूले कोभिडका कारण बजार माग घटेको, चालु खर्च धान्न समस्या भएको बताएको सर्वेक्षणमा उल्लेख गरिएको छ । केही उद्योगी व्यवसायीले भने कोभिडका कारण गर्दा उद्योग व्यवसाय पुनः सञ्चालनमा ल्याउन नचाहको पनि बताएका छन् । 

    २०७७ असारको तुलनामा उद्योग/उद्योग व्यवसायहरूको उत्पादन अवस्थामा पनि सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा करिब २९ प्रतिशतमात्र उत्पादन/कारोबार रहेकोमा वैशाखमा सो बढेर ६१.४ प्रतिशत पुगेको छ । वैशाखमा सर्वेक्षणमा समेटिएका सबै उत्पादन/कारोबारमा उल्लेख्य सुधार आएको छ । यो अवधिमा होटल तथा रेष्टुराँको उत्पादन तथा कारोबार भने ४०.८ प्रतिशतमात्रै रहेको छ । गत मंसिरसम्म यस्तो उत्पादन तथा कारोबार ५०.५ प्रतिशत थियो । 

    २०७७ मंसिरको तुलनामा उद्योग व्यवसायको औसत तलब–ज्याला खर्चमा १८ प्रतिशतले वृद्धि भएको छ । गत मंसिरसम्म उद्योग तथा व्यवसायको यस्तो खर्च ७०.४ प्रतिशतमात्रै थियो । पुँजीको आकारअनुसार २०७८ वैशाखमा सबैभन्दा बढी खर्च ठूला (५० करोडमाथि स्थिर पुँजी भएका) उद्योग व्यवसायको तलब तथा ज्याला खर्च बढेको छ । ठूला उद्योगको यस्तो खर्च ९५.३ प्रतिशत रहेको छ । गत मंसिरसम्म यस्तो खर्च ८३.८ प्रतिशतमात्रै थियो । 

    त्यसरी नै १५ करोडदेखि ५० करोडसम्म स्थिर पुँजी भएका उद्योग व्यवसायको खर्च तलब तथा ज्याला खर्च बढेर ९१.८ प्रतिशत, १५ करोडसम्म यस्तो पुँजी भएका उद्योग व्यवसायको ज्याला खर्च बढेर ८९ प्रतिशत, लघु तथा साना खुद्रा व्यापारको ८६.५ प्रतिशत र घरेलु उद्योगको तलब–ज्याला खर्च बढेर ८३.४ प्रतिशत पुगेको छ । 

    राष्ट्र बैंकले अनलाइन तथा टेलिफोनबाट उक्त सर्वेक्षण गरेको हो । राष्ट्र बैंकले औद्योगिक वर्गीकरण अनुसार उक्त सर्वेक्षण गरेको हो । 

    images

    Logo