images
images

सार्वजनिक खरिद नियमावली ११औं संशोधन, महासंघमा रवि सिंहलाई सजिलो


  • 504
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    सार्वजनिक खरिद नियमावली ११औं  संशोधन, महासंघमा रवि सिंहलाई सजिलो

    काठमाडौं । मन्त्रिपरिषद्ले सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेको हो । 

    संशोधित नियमावलीमा एउटै ठेकेदारलाई एकै समयमा ५ वटा भन्दा बढी ठेक्का नदिइने व्यवस्था गरिएको छ । ठेकेदारले ८० प्रतिशत काम सकेपछि मात्रै छैटौं ठेक्का लिन पाउने व्यवस्था गरिएको छ । 

    त्यस्तै, सार्वजनिक खरिदमा बोलपत्रको समयलाई समेत घटाइएको उल्लेख गरिएको छ । 

    नेपाल निर्माण व्यवसायी महासंघले ठेक्कापट्टामा सीमित व्यक्तिको कार्टेलिङ तोड्न ५ वटा भन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गर्न माग गरेको थियो । अहिले यही एजेन्डा अगाडि सारेर महासंघमा वर्तमान अध्यक्ष सिंह दोस्रो कार्यकालको उम्मेदवारीमा छन् । उनैलाई सहयोग गर्न मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो । 


    images

    Logo