images
images

पाटन–स्यूचाटार प्रसारण लाइन १ महिनाका लागि बन्द


  • 849
    SHARES
  • २०७८ चैत्र ८ गते मंगलबार

    पाटन–स्यूचाटार  प्रसारण लाइन १ महिनाका लागि बन्द

    काठमाडौं । पाटन–स्यूचाटार ६६ केभी प्रसारण लाइन १ महिनाका लागि बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणले पाटन–स्यूचाटार खण्डको लाइनको जिर्ण तथा पुराना कण्डक्टर बदलीका लागि सेवा बन्द भएको हो । 

    लाइन पुरानो र जीर्ण हुँदै गएकाले सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि विद्युत लाइन पुराना तथा जिर्ण कन्डक्टर बदली गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार शनिबार (२०७८ चैत ५ गते) बिहान ७ बजेदेखि लाइन बन्द गरी पुरानो र जिर्ण कन्डक्टर बदलीको काम सुरु भएको छ । लाइनको मर्मत तथा स्तरोन्नतिगर्न २०७९ बैशाख ४ गतेसम्म लाग्नेछ । प्रसारण लाइनको मर्मत तथा स्तरोन्नति  गर्ने अवधिभर दैनिक १२ घन्टा प्रसारण लाइन बन्द हुनेछ ।

    यो अवधिमा लाइनको प्रणालीमा विद्युत प्रबाह अनियमीत हुने हुँदा यसको असर विद्यमान टेकू ६६ केभी सबस्टेसनमा पर्नेछ सबस्टेसनमा पर्ने पनि प्राधिकरणले जनाएको छ । 


    images

    Logo