काठमाडौं । स्थानीय सरकारको गठन भएर गाउँमा सिंहदरबार पुगेपछि जनताले के पाए ? स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएर बिदाइ हुँदैगर्दा विगत ५ वर्ष समीक्षाको विषय बनेको छ ।
स्थानीय सरकार बन्दाको फाइदा र बेफाइदा तथा ती सरकारले गरेका कामको मूल्यांकन हुँदैगर्दा धेरैजसो स्थानीय तहहरुले भने आफूलाई प्राप्त भएको बजेटबाट भ्युटावर बनाएका छन् । देशका ७ सय ५३ स्थानीय तहमध्ये झन्डै आधा स्थानीय तहले भ्युटावरका लागि यो कार्यकालमा बजेट विनियोजन गरेका छन् । कतिपय स्थानीय तहले एउटा भन्दा धेरै भ्युटावरका लागि बजेट बिनियोजन गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रोल्पाको सातदोबाटोमा रहेको भ्युटावर उद्घाटन गर्न गएपछि देशभरका भ्युटावरको चर्चा हुन थालेको छ । डाँडोबाट प्रष्ट रुपमा दृष्यावलोकन गर्नसक्ने ठाउँमा समेत भ्युटावर निर्माण गरिएको छ ।





नगरकोटमा बनेको सिम्पल पूरानो भ्यूटावर हो जहॉबाट नेपालका अधिकाँश हिमालका उच्च शिखरहरू देखिन्छन्। सगरमाथाको टुप्पोमा पहिलो घाम पर्छ र त्यो हेर्न नै पर्यटकहरू त्यहॉ पुग्छन्।









तस्वीर : भीम उपाध्यायको फेसबुकबाट


