images
images

चोभार सुख्खा बन्दरगाह असार १५ सम्म निर्माण सम्पन्न हुने, लागत बढेर १७० करोड पुग्यो

आयात–निर्यात गर्न सहज


  • 1.3K
    SHARES
  • २०७८ जेठ १० गते सोमबार

    चोभार सुख्खा बन्दरगाह असार १५ सम्म निर्माण सम्पन्न हुने, लागत बढेर १७० करोड पुग्यो

    निषेधाज्ञामा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड र सावधानी अपनाएर बन्दगाह निर्माण कार्य धमाधम भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुख कार्यकारी अधिकृत (सीईओ)आशिष गजुरेलले बताए । म आफै फिल्डमा खटिएर हरेक मजदुरलाई काम गर्न प्रोत्साहन गरिरहेको छु,’ उनले भने ‘कोरोना कारण खासै ठूलो समस्या आउन दिएका छैनौ ।’ हाल आयोजनाको करिब ८३ प्रतिशत काम सम्पन्न भएको छ ।

    काठमाडौं । विश्व बैंकको ऋण सहयोगमा कीर्तिपुर नगरपालिकाको वडा नं. ६ को चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार १५ गतेसम्म निर्माण सम्पन्न हुने भएको छ । बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने उद्देश्य सहित बन्दरगाह निर्माण कार्य शुरु गरिएको हो ।

    हाल आयोजनाको करिब ८३ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम असार आधासम्म सम्पन्न भइसक्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुख कार्यकारी अधिकृत (सीईओ)आशिष गजुरेलले जानकारी दिए । नेपाल इन्टरमोडल यातायात विकास समितिले यो बन्दरगाह निर्माण गरेको हो ।

    बन्दरगाहमा तीनवटा गेट बन्दैछ । भूइ ढलानको काम २० प्रतिशत बाँकी रहेको उनले बताए । परियोजना बाहिरको सडक निर्माण कार्य बाँकी छ,’ उनले थपे ‘पहिला जेठमै काम सक्ने भनिएपनि असार १५ गतेसमम्म सबै काम सकिने छ । 

    ‘गोदाम घर फिनिसिङ हुँदैछ,’ उनले भने ‘ भन्सार विल्डिङ, क्वारेन्टाइन विल्डिङ, प्रशासन भवन बनिसक्यो । भन्सार जाँचपास गर्ने विल्डिङ पनि बनिसक्यो ।’ चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधिसहितको बन्दरगाह निर्माण भएको हो । बन्दरगाहमा ५४ वाई २४ को तीन वटा गोदाम घर बनेका छन् । यो बन्दरगाहमा ३५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने क्षमता छ । 

    driport chovar 2.jpg

    देशभित्र र बाहिर सामान आयात र निर्यात गर्नका लागि छुट्टाछुटै टर्मिनलको व्यवस्था बन्दरगाहमा छ । यहाँ आन्तरिक र बाह्य टर्मिनल हुनेछन् । आन्तरिक टर्मिनलबाट देशभरबाट काठमाडौं उपत्यका सामाज आउने छन् र ती सामानलाई बाहिरी मुलुकमा पठाइने छ । यहाँ नै मालसमान लोड अनलोड र भण्डारण समेत गर्न मिल्ने छ । 

    बाह्य टर्मिनलमा भने भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामानलाई नेपालका सीमाक्षेत्रका भैरहवा, वीरगन्ज तथा रसुवागढी नाकाबाट सोझै चोभारमा ल्याइनेछ । जसको कारणले नाकामा कन्टेनर खोलेर फेरि लोड–अनलोड गर्ने झन्झटको साथै त्यसबापत लाग्ने आर्थिक भारमा समेत कमी आउने समितिले जनाएको छ ।

    बन्दगाह निर्माण कार्य सम्पन्न भएपनि अपरेशनमा आउन भने अझ केही समय लाग्ने सीईओ गजुरेलले बताए । यससँग सम्बन्धित कार्यालय त्यहाँ आउनु पर्ने भएकोले अपरेशनमा आउन भने केही समय लाग्ने देखिएको हो । 

    यो बन्दगाह निर्माण सम्पन्न भएपछि सामान आयात–निर्यातमा सहज हुने सीईओ  उनले बताए । कोलकात्ता, विशाखापटनम र चीनको केरुङ र सिगात्सेबाट राजधानीका लागि ल्याइने सामान सोझै चोभारमा ल्याएर भण्डारण गर्न सकिनेछ ।

    विभिन्न देशबाट नेपाल आएका कन्टेनर सिधै यहाँ आएर जाँचपास गर्न सकिने व्यवस्था गर्न लागिएको हो । सीमा नाकामा भन्सार जाँचपास नगरी सिधै यो बन्दरगाहमा आएर जाँचपासको प्रक्रिय शुरु हुन्छ । यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष ‘ताल्चा’ लगाउनेछ । 

    साविक हिमाल सिमेन्टको ८ सय १६ रोपनी जग्गामध्ये करिब २ सय रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको छ । उक्त स्थानमा अन्तर्राष्ट्रिय प्रर्दशनी स्थल बनाउने कार्ययोजना पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको छ । बन्दरगाह निर्माण पछि प्रदर्शनी स्थल निर्माण कार्य पनि अघि बढ्ने भएको छ । 

    dri port chovar 1.jpg

    यो बन्दरगाह तयार भएपछि सीमा नाकाका हुँदै आएको भन्सार जाँचपास सम्बन्धी सम्पूर्ण काम काठमाडौं मै शुरु हुनेछ । बन्दरगाहमै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका अत्याधुनिक कार्यालय रहनेछन् । बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह निर्माण गरिएको हो । 

    अहिले भन्सार जाँचपासको काम सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन् । नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट हुनेछ । यो बन्दरगाह निर्माणपछि सामान आयात–निर्यात गर्न लाग्ने लागत र समय घट्नेछ । 

    निषेधाज्ञामा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड र सावधानी अपनाएर बन्दगाह निर्माण कार्य धमाधम भइरहेको उनले बताए । म आफै फिल्डमा खटिएर हरेक मजदुरलाई काम गर्न प्रोत्साहन गरिरहेको छु,’ उनले भने ‘कोरोना कारण खासै ठूलो समस्या आउन दिएका छैनौ ।’

    यो बन्दरगाहको योजना २०१० मै तयार भएको थियो । निर्माणको काम २०१८ अगस्टदेखि सुरु भएका हो । विश्व बैंकले १ अर्ब ५७ करोड रुपैयाँ ऋण सहयोगमा आयोजना निर्माण कार्य शुरु गरिएको थियो । आयोजन सम्पन्नसम्म हुँदा यो लागत बढेर १ अर्ब ७० करोड पुग्ने देखिएको छ । यो बन्दरगाह निर्माणको ठेक्का आशिष–साक्षी जेभीले १ अर्ब ४४ करोडमा जिम्मा पाएको हो । 

    काठमाडौं उपत्यकामा बनाउने भनिएको बाहिरी चक्रपथ पनि ड्राइ पोर्ट बन्दै गरेको स्थानसँग जोडिने नक्साङ्कन भएको छ । यो अलाइन्मेन्ट भने परिवर्तन पनि हुन सक्ने देखिएको छ । त्यसैगरी काठमाडौं–निजगढ जोड्ने द्रुतमार्ग पनि यसको नजिकै पर्ने र बन्दरगाहमा लिंक गर्ने योजना सरकारको छ । चीन र भारतबाट आउने रेललाई पनि यो पोर्टसँग जोड्ने सरकारको योजना छ । त्यसैले यो बन्दरगाह निर्माणपछि चोभार काठमाडौंको महत्वपूर्ण हब बन्ने विश्वास गरिएको छ ।

     


    images

    Logo