images
images

बैशाखमा सुस्तायो निक्षेप संकलन, एक सातामा घट्यो १० अर्ब


  • 479
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    बैशाखमा सुस्तायो निक्षेप संकलन, एक सातामा घट्यो १० अर्ब

    काठमाडौं । बैशाख दोस्रो साता बाणिज्य बैंकहरुको निक्षेप १० अर्बले घटेको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार बैंकहरुको निक्षेप एक सातामा १० अर्ब रुपैयाँले घटेको छ । गत साताको तुलनामा यो साता १० अर्ब रुपैयाँले घटेको छ । 

    संघका अनुसार पहिलो साता बैंकको निक्षेप ४३ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो । उक्त निक्षेप यस साता १० अर्ब रुपैयाँले घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । 

    यस्तै, यो साता बैंकको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ । गत साता बैैंकको कर्जा लगानी ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो भने यो साता १ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । 

     


    images

    Logo