images
images

 नेपालमा मंगलबारदेखि मेघगर्जन,चट्याङ हावाहुरी र असिना–पानीको  सम्भावना


  • 836
    SHARES
  • २०७८ जेठ १० गते सोमबार

     नेपालमा मंगलबारदेखि मेघगर्जन,चट्याङ हावाहुरी र असिना–पानीको  सम्भावना

    काठमाडौँ । नेपालमा बंगाल खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा  बनेको चक्रवातका कारण मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

    मौसममा मेघगर्जन,चट्याङ हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    उक्त न्यून–चापीय क्षेत्र चक्रवातमा परिणत भएको र मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।

    सो प्रणालीका कारण मंगलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली(पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको  मौसमविद् समीर श्रेष्ठले बताए ।

    पश्चिमी भागमा भने बिहीबारदेखि प्रभाव देखिने बताइएको छ ।

    महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।

    देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए  ।

     

     


    images

    Logo