काठमाडौं । उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूको भनाईले संसदमा लफडा भएको छ । बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई घुसमा रमाउने भनेपछि लफडा भएको हो ।
बडूले रोष्टममा सो बताएपछि एमालेका सांसदहरु उठेर विरोध गरेको थिए । सुरुमा एमाले सांसद खगराज अधिकारीले नियमापत्ति जनाए पनि बडू नरोकिएपछि एमाले सांसदहरु उठेर विरोध जनाएका थिए ।
उनीहरुले यो भनाइ रेकर्डबाट नहटाएसम्म संसद चल्न नदिने बताए ।