images
images

नोक्सानमा गएपछि स्थिरीकरण कोषमा जाने रकम परिचालन गर्दै निगम


  • 449
    SHARES
  • २०७८ जेठ १४ गते शुक्रबार

    नोक्सानमा गएपछि स्थिरीकरण कोषमा जाने रकम परिचालन गर्दै निगम

    काठमाडौं । लागतभन्दा सस्तो मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्नु परेपछि नेपाल आयल निगमले मूल्य स्थिरीकरण कोषमा जाने रकम परिचालन गर्न थालेको छ । मूल्य वृद्धिका कारण सर्वसाधारणलाई भार नपार्न प्रयोग गरिने मूल्य स्थिरीकरण कोषमा जाने २ अर्ब रकम मूल्य स्थिरीकरणको लागि खर्च गरिएको हो । 

    सो कोषमा अहिलेसम्म १२ अर्ब रुपैयाँ जम्मा भएको छ । नोक्सानको अवस्था नरहेको भए यो वर्ष कोषमा करिब २ अर्ब थप हुन्थ्यो । नोक्सान भएपछि त्यसरी कोषमा पठाउनुपर्ने रकमबाट प्रयोग गरिएको निगमले जनाएको छ । 

    अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर १५ दिनमा एक अर्ब १० करोड रुपैयाँ नोक्सान भइरहेको निगमको भनाइ छ । कोषमा जम्मा भएको रकम निकासा नगरिएको तर यस वर्ष कोषमा जम्मा गर्नुपर्ने रकम पेटोलियम पदार्थको आयातमै खर्च गरिएको निगमले जनाएको छ । 


    images

    Logo