images
images

बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन हुँदै


  • 391
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन हुँदै

    काठमाडौं । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ । लोकमार्ग बागलुङको काठेखोला स्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरुङ मार्ग अध्ययन गरिने भएको छ । यसका लागि संघीय सरकारले ५० लाख बजेट समेत विनियोजन गरेको छ । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग अध्ययनका लागि ५० लाख रकम विनियोजन गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि २४  नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ  । ती मध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोट खण्डको सुरुङमार्ग समावेश भएको हो । 

    गत फागुनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँ देखि गलकोटको नरेठाटीसम्मका लागि सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गर्नुभएको थियो ।  

    आगमी आर्थिक वर्षमा संभाव्यताको काम अगाडी बढ्ने उनले जानकारी दिए । अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा शुरङमार्ग बनाउदा यात्रा बरिब डेढ घण्टा यात्रा छोट्टिनेछ । 


    images

    Logo