images
images

चोभार बन्दरगाहबाट निर्यात सुरु, पहिलाे निर्यात डेनमार्कमा


  • 612
    SHARES
  • २०७९ आषाढ २८ गते मंगलबार

    चोभार बन्दरगाहबाट निर्यात सुरु, पहिलाे निर्यात डेनमार्कमा

    काठमाडौं । काठमाडौंको चोभारमा रहेको सुक्खा बन्दरगहबाट निर्यात सुरु भएको छ । आज  डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ ।

    आज पहिलोपटक ऊनबाट बनेका सामग्री पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए । उनका अनुसार आज एभरेष्ट ट्राभल्स सर्भिस प्रालिबाट डेनमार्कका लागि नेपाली सामग्री निर्यात भएको हो । उक्त वस्तु ब्लोरुप एनपी प्रालिको रहेको छ ।

    उनका अनुसार ४३ हजार ४६७ युरो (५५ लाख ७१ हजार बढी) बराबरको नेपाली वस्तु निर्यात भएको हो ।

    १५ कन्टेनर सामग्री आयात

    चोभारमा निर्माण गरिएको उक्त बन्दरगाह गत चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिकरुपमा उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । बन्दरगाह सञ्चालनमा आए यता १५ कन्टेनरमा रु सात करोड ३९ लाख बढीको सामग्री बरगाहमा भित्रिएका छन् ।

    चोभार बन्दरगाहमा हाल वीरगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुमात्र सिधै चोभार भित्रन पाउनेछन् ।

    उक्त पाँच भन्सार कार्यालयबाहेक अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तु चोभार भित्रने भए आवश्यकताका आधारमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यलय तोक्न सक्नेछन । सरकारले चोभार सुक्खा बन्दरगाहा निर्माणका लागि २०७५ सालबाट तयारी थालेको थियो । लामो तयारीपश्चात् १ खर्ब ६० करोड लागतमा २६१ रोपनी जग्गामा बन्दरगाहा निर्माण गरिएको हो ।


    images

    Logo