images
images

सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब पुग्यो, गतवर्ष मात्रै थपियो १ खर्ब २७ अर्ब


  • 529
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब पुग्यो, गतवर्ष मात्रै थपियो १ खर्ब २७ अर्ब

    काठमाडौं । सरकारको बेरुजु रकम ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनमा  सरकारको कुल बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड भन्दा बढी देखिएको हो ।

    महालेखाले अघिल्लो आर्थिक वर्षमा ५ हजार ६ सय ६५ वटा सरकारी निकायको ७५ खर्ब ३३ अर्ब ९ करोड रुपैयाँको लेखा परीक्षण गर्दा यो बेरुजु रकम निस्किएको जनाएको छ ।  

    महालेखाको प्रतिवेदन अनुसार सरकार अन्तर्गतका ३ हजार २ सय ८७ वटा कार्यालयको २८ खर्ब २० अर्ब रुपैयाँको लेखा परीक्षणबाट ४९ अर्ब ४७ करोड, प्रदेश सरकार अन्तर्गतका १ हजार १ सय ३१ वटा कार्यालयको २ खर्ब ९९ अर्ब रुपैयाँको लेखा परीक्षणबाट ७ अर्ब ४८ करोड र पालिकाको  १० खर्ब ५१ अर्ब रुपैयाँको लेखा परीक्षण गर्दा  ४३ अर्ब ९० करोड रुपैयाँ बेरुजु देखिएको छ ।

    प्रतिवेदन अनुसार गतवर्ष १ खर्ब २७ अर्ब रुपैयाँ बराबर बेरुजु थपिएको थियो । गएको आर्थिक वर्षमा संघ, प्रदेश र पालिकाको लेखा परीक्षणबाट १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बेरुजु कायम भएको छ । 


    images

    Logo