काठमाडाैं । नेपाल राष्ट्र बैकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार आयोजित कार्यक्रममा उक्त नीति सार्वजनिक गरेका हुन् ।
माैद्रिक नीतिले ब्याजदर करिडाेरकाे न्यूनतम र अधिकतम सीमा बढाएकाे छ । रिपो दर ७ प्रतिशत र निक्षेप संकलन दर ५.५ प्रतिशतमा पुर्याइएको छ । बैंकदर तथा स्थायी तरलता सुविधा दर भने ८.५ प्रतिशत पुगेको छ ।