काठमाडौं । नेपालले २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको बैदेशिक व्यापार गरेको छ । भंसार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को विवरण अनुसार नेपालले सो रकम बराबरको बैदेशिक व्यापार गरेको हो । यो गत वर्षको तुलनामा २६.१५ प्रतिशतले बढी हो । विभागको अनुसार याे हालसम्मकै धेरै बैदेशिक व्यापार पिन हाे ।
त्यस्तै विभागको विवरण अनुसार आर्थिक वर्ष २०७८/७९ १९ खर्ब २० अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको छ । गतवर्षको तुलनामा याो वर्षको आयात २४.७२ प्रतिशतले बढी हो । सोही समयमा नेपालबाट बाहिर २ खर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ । निर्यात गतवर्षको तुलनामा ४१.७४ प्रतिशतले बढी हो ।
३ खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक वर्ष २०७८/७९ मा पेट्रोलियम पदार्थहरुको आयात ३ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको गरिएको छ। भन्सार विभागको तथ्यांक अनुसार पेट्रोलियम पदार्थको आयात सो रकम बराबरको आयात भएको हो । नेपालले सबैभन्दा ठूलो व्यापार घाटा समेत पेट्रोलियम पदार्थले गर्दा नै हुने गरेकाे छ।


